अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७
| Colorodo: 15:52
नेपाल अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरीयतामा एक स्थान तल झरेको छ । फिफाले आज बिहीवार जारी गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै एक सय ६९ औँ स्थानमा रहेको छ । यसअघि गएको भदौ ३१ गतेको वरीयतामा नेपाल एक सय ६८ औँ स्थानमा रहेको थियो ।
भर्खरै माल्दिभ्समा भएको साफ च्याम्पियनशिपको उपविजेता बनेको नेपालको वरीयता घटेको हो । साफमा विजेता बनेको भारत दक्षिण एसियामा पहिलो नम्बरमै छ । विश्वव्यापी वरीयतामा भारत नेपालभन्दा अघि १ सय ६ औँ स्थानमा छ । त्यस्तै माल्दिभ्स एक सय ५६ औँ स्थानमा छ ।
नेपालभन्दा तल रहेको भुटान एक सय ८६ औँ, बङ्गलादेश एक सय ८७ औँ, पाकिस्तान एक सय ९७ औँ र श्रीलङ्का दुई सय ४ औँ स्थानमा छ । यस्तै फिफाको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा रहँदा ब्राजिल दोस्रो, फ्रान्स तेस्रो र इटली चौथो र इङ्गल्यान्ड पाँचौँ स्थानमा रहेको छ ।