अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८
| Colorodo: 15:13
स्पेनिस फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेको छ । सेटिएनलाई बार्सिलोनाले गत जनवरी महिनामा अर्नेष्टो भालभर्देको स्थानमा प्रशिक्षक नियुक्त गरेको थियो ।तर यसै साता युएफा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्यूनिखसँग लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले प्रशिक्षक सेटिएनलाई हटाउने निर्णय गरेको हो ।
बायर्नसँग ८–२ ले पराजित भएपछि बार्सिलोनाले च्याम्पियन्स लिगको इतिहासमै खराब किर्तमान आफ्नो नाममा राखेको थियो ।यो सिजन बार्र्सिर्सलोनाले घरेलु तथा अन्तराष्ट्रिय कुनै पनि उपाधि जित्न सकेन । ६१ वर्षिय सेटिएन बर्खास्तीमा परेपछि बार्सिलोनाले अब कसलाई प्रशिक्षक बनाउछ भनेर विश्व फुटबल बजारमा चासो बढेको छ । संभावित प्रशिक्षकहरुको सूचीमा नेदरल्याण्ड्सका रोनाल्ड कोम्यान अग्र स्थानमा रहेका छन् ।