च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । पार्चुगलको लिस्वनमा भएको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो । बार्सिलोनाको यो हार यस वर्षको लज्जास्पद हार हो ।
थोमस मुलर र फिलिप कौटिन्होले समान दुईरदुई गोल गर्दै बायर्नलाई जित दिलाए । जितसँगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो ।हारसँगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताबाट बाहिरिएको छ । खेलमा चौथो मिनटेमै थोमस मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनटेपछि डबिड अलाबाको आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्किएको थियो ।
२८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २– १ ले अघि बढाएका थिए । सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए । दोस्रो हाफमा बायर्न थप आक्रमक बन्यो र ८–२ को जित दिलाउन सफल भयो । बायर्नले अब फाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासँग खेल्नेछ ।