अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६
| Colorodo: 08:01
इंग्लीश प्रिमियर डिभिजनबाट रेलिगेशनमा झरिसकेको नरिच सिटी बर्नलेसँग पराजित भएको छ । सम्पन्न खेलको पहिलो हाफमै ९ खेलाडीमा सीमित भएको नरिच २–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा ३५ औँ मिनेटमा एमिलियानो बोएन्दिया तथा पहिलो हाफको इन्जुरी समयमा योसिप द्रिमिच सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नरिच सिटी ९ खेलाडीमा सीमित भयो ।
बर्नलेका लागि पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा क्रिस वूडले पहिलो गोल गरे । ८० औँ मिनेटमा नरिचका बेन गडफ्रीले आत्मघाती गोल गरेपछि बर्नले २–० ले विजयी भयो । जितपछि नवौँ स्थानको बर्नलेको ३७ खेलबाट ५४ अंक भएको छ । पुछारको नरिचको २१ अंक छ ।
