अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 05:24

आईसीसी विश्वकप लिग २ छनौट : ओमानसँग नेपाल १८ रनले पराजित

बिआरटीनेपाल २०७६ माघ २२ गते ४:३४ मा प्रकाशित

ओमानविरुद्धको एक दिवसीय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । आईसीसी विश्वकप लिग २ क्रिकेटमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा अल आउट भयो ।

नेपालका लागि शरद भेषावकरले अर्धशतकीय पारि खेलेका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३६ रन बनाउँदा लेगस्पिनर सन्दीप लामिछानेले २८ रन जोडे । विकेटकिपर विनोद भण्डारीले २६ रनको योगदान गरे पनि टिमलाई जित दिलाउन सकेनन् । सुरुमै ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको नेपालले तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । चौथो विकेटको रुपमा आरिफ शेख र पाँचौं विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए ।

यसैगरी छैटौं विकेटको रुपमा विनोद भण्डारी पेभेलियन फर्किदा सातौँ विकेटको रुपमा करण केसी र आठौं विकेटको रुपमा शरद भेषावकर आउट भए । नवौं विकेटको रुपमा सन्दीप लामिछाने आउट भए भने अन्ति विकेटको रुपमा अविनाश बोहोरा पेभेलियन फर्किएका थिए । नेपालका लागि पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्न आएका थिए । तर दुवै ब्याट्सम्यान पेभेलियन फर्कि सकेका छन् । टिमको स्कोर ४ रन हुँदा नेपालक कप्तान मल्ल व्यक्तिगत एक रन बनाएर आउट भएका थिए । १२ बल फेस गरेका मल्लले १ रन बनाएका हुन् ।

चार रनकै स्कोरमा दोस्रो विकेट पनि नेपालले गुमायो । दोस्रो विकेटको रुपमा ३ रन बनाएर पारस खड्का आउट भएका हुन् । पारसले १४ बलमा ३ रन बनाएका हुन् ।

प्रतिक्रिया
लोकप्रिय