अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

इङिलस प्रिमियर लिगः लिभरपुलको विजयी यात्रा कायमै, लेस्टर र चेल्सीले बराबरी खेले

बिआरटीनेपाल २०७६ माघ १९ गते १:५० मा प्रकाशित

इंग्लिस प्रिमियर लिगमा गएराति भएका खेलमा विजयी यात्रा कायमै राख्दै शीर्ष स्थानको लिभरपुलले अग्रतालाई निरन्तरता दिएको छ । साउथह्याम्टनलाई तीन शून्य गोल अन्तरले हराउँदै दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता २२ अंकमा पुर्याएको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले जित निकालेसँग उसको उपाधि यात्रा झन बलियो बनेको छ ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा लिभरपुलले तीन गोल गर्यो । जितसँगै लिभरपुलले २५ खेलमा ७३ अंक बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ । यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टर र चेल्सीले २–२ गोलको बराबरी खेलेका छन् ।

लेस्टरको घरेलु मैदान किंगपावर स्टेडियममा भएको खेलमा चेल्सीले सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा बराबरी अंक बाँड्न बाध्य भयो । बराबरीपछि लेस्टरको २९ अंक भएको छ । चेल्सीको २५ खेलमा ४१ अंक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय