अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 20:52

नेपालको शानदार जित: सोमपालले पाँच र सन्दीपले लिए चार विकेट

बिआरटीनेपाल २०७५ माघ १२ गते ७:४२ मा प्रकाशित

काठमाडौँ, आज शनिवार भएको एकदीवसीय श्रृंखला अन्तर्गत दाेस्राे खेलमा यूएईविरुद्ध नेपालले जितेको छ । टस मार्फत पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४५ रनले पराजित गरेको हो । दुबईको रङ्गशालामा भएको खेलमा ५० ओभरमा नेपालले ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो । 

यूएई १९.३ ओभरमा ९७ रन बनाउँदा यूएईले सबै विकेट गुमाएको हो । नेपालको जितका लागि सोमपाल कामीले पाँच र सन्दीप लामिछानेले चार विकेट लिएका थिए ।

सोमपाल एक्लैले यूएईका सुरुवाती चार र अन्तिममा एक ब्याट्सम्यानलाई आउट गरेका थिए । सोमपालले चिराग सुरी, गुलाम सावेर, शाइमन अनवर, अस्फाक अहमद र जाहोर खानको विकेट लिए । सोमपालले पहिलो ओभरको अन्तिम बल, तेस्रो ओभरको पाँचौँ बल, पाँचौँ ओभरको अन्तिम बल र छैटौँ ओभरको पहिलो बल र १९ ओभरको तेस्रो बलमा विकेट लिएका हुन् ।

१४.२ ओभरमा सन्दीप लामिछानेले व्यक्तिगत पहिलो विकेट लिएका थिए । यूएईविरुद्धको खेलको १४ ओभरमा सन्दीपले तीन विकेट लिएका हुन । १४.२ ओभरमा पहिलो विकेट लिएका सन्दीपले १४.३ र १४.६ ओभरमा विकेट लिएका ।

उक्त खेलमा नेपालका सोमपाल कामी म्यान आफ दि म्याच भए भने नेपाली क्रिकेटर रोहितकुमार पौडेलले कम उमेरमै अर्ध शतक प्रहार गर्ने ब्याट्सम्यानको रेकर्ड बनाएका छन् । 

प्रतिक्रिया