अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३
| Colorodo: 19:08
काठमाडौं – चालू आर्थिक बर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ ।
भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेको बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ । आजकोनागरिक दैनिकले आर्थिक पृष्ठमा यो समाचार छापेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ ।
मुलुकको नौ महिनाको अवधिमा झन्डै ६० अर्ब रुपैयाँको निर्यात गर्दा चीनतर्फको निर्यात उल्लेख्य बढेको छ ।