अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४
| Colorodo: 19:19
काठमाडौं – कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ ।
दूतावासले पीडित नेपाली कामदारसँग निवेदन लिई समाधानका लागि कतार सरकारको श्रम विभागमा पठाएको हो ।
दूतावास आफैंले रोजगारदातासँग समन्वय गरी नसुल्झेका विषय समाधानका लागि कतारी निकायसमक्ष पठाउने व्यवस्था छ ।
पीडितमा तीन महिना भन्दा बढी तलब तथा सेवा सुविधा नपाउनेहरु छन् । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।
दूतावास आफैंले ५ सय ३० नेपालीको कामदारको समस्या समाधान गरेको जनाएको छ ।