अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 12:57

सांसदले लगे १ करोड ५५ लाख

नागरिक दैनिक २०७५ वैशाख ३० गते १९:४३ मा प्रकाशित

प्रदेश सांसदले पारिश्रमिक तथा सेवा सुविधाका लागि वैशाख मसान्तसम्म १ करोड ५५ लाख रुपैयाँ लगेका छन्। प्रदेशसभा गठन भएको मितिले उनीहरूले पाउने पारिश्रमिक तथा सेवासुविधा बापतको रकम भुक्तानी गरिएको संसद् सचिवालयको लेखा शाखाले जानकारी दिएको छ। प्रदेशसभा गठन भएको मिति २०७४ माघ ५ देखि वैशाख ३१ सम्म गरी दुईपटक सेवासुविधाको रकम भुक्तानी भएको छ।

सचिवालयका लेखा अधिकृत दुर्योधन गिरीका अनुसार माघदेखि चैतसम्मको पारिश्रमिक ६५ लाख ५६ हजार पाँच सय ९४ र वैशाखसम्मको सेवासुविधा बापत ८६ लाख ३३ हजार एक सय २ रुपैयाँ सांसदहरूको सेवासुविधामा खर्च भएको छ। यसमा वैशाख महिनामा सांसदले पाउने पारिश्रमिक पनि समावेश गरिएको छ।

प्रदेशसभाका सदस्यहरूको सेवासुविधासम्बन्धी विधेयक पारित भएपछि उनीहरूले पाउने पारिश्रमिक र सेवासुविधाको टुङ्गो लागेको थियो । सोही अनुरूप नै सांसदहरूको पारिश्रमिकको रकम भुक्तान गरिएको उनले जानकारी दिए।

तर, प्रदेशसभा सदस्यहरूलाई भुक्तानी गरिएको रकम भने फरक रहेको छ। प्रदेशसभाको शपथ खाएको मितिले भुक्तानी दिइने भए तापनि कुल ५९ सदस्यहरू मध्ये सरकारका ७ जना मन्त्रीहले प्रदेशसभा सदस्य रहँदाको दिनसम्मको मात्र पारिश्रमिक पाएका छन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।