अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८
| Colorodo: 07:33
गजल
यादहरूको तिखो तीरले दुख्छ यो छाती
घरदेशको दुखद् पिरले दुख्छ यो छाती |
गाह्रो नै हुन्छ मुस्काउँन देश छाडे पछि
विदेशको रूखो जागिरले दुख्छ यो छाती |
आँखाभित्र गढेको छ आमाको त्यो मुस्कान
उन्को मुस्काएको तस्बिरले दुख्छ यो छाती |
हिँड्ने बेला मनभित्र पहिरो गएको थ्यो
बिदाइको रातो अबिरले दुख्छ यो छाती |
छट्पटीमा बित्छ समय,अनिँदोमा रात
उनिएको त्यो तातो झीरले दुख्छ यो छाती|