अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६
| Colorodo: 07:21
नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् ।
आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसै गरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे पहलवानले हासिल गर्न सफल भए । पहिलो स्थानका शैलेशले नगद रु पाँच हजारसहित मेडल प्राप्त गर्नुभयो भने द्वितीय स्थान ल्याउन सफल राधेले नगद रु तीन हजारसहित मेडल प्राप्त गर्नुभयो ।
दसैँको अवसरमा नवदुर्गा पूजा समिति भुजहवाका आयोजनामा भएको प्रतियोगितामा नेपाल–भारतका गरी ३० पहलवानको सहभागिता रहेको थियो । (रासस)