अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 00:26

पोखरामा नेपाल भारत ऊर्जा बैठक सुरु

बिआरटीनेपाल २०७५ माघ ९ गते ८:३७ मा प्रकाशित

पोखरामा नेपाल भारत ऊर्जा बैठक बुधबार देखी सुरु भएको छ । बैठकमा बुधबार सह सचिव स्तरीय छलफल भएको छ भने बैठकले पारित गरेका विषयलाई बिहीबार हुने सचिव स्तरीय बैठकमा छलफल हुने छ ।

बैठकमा नेपाल भारत सीमापार विद्युत प्रसारण लाइन निर्माण र इनर्जी बैकिङका बारेमा छलफल भएको ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले जानकारी दिनुभयो । बैठकमा सन् २०१७ को फेब्रुअरीमा काठमाडौंमा भएको सचिवस्तरीय र गत १६ अप्रिल २०१८ मा नयाँ दिल्लीमा भएको पाचौं सहसचिवस्तरीय (जेडब्लूजी) बैठकका निर्णयमाथि समीक्षा हुने अर्यालले बताउनुभयो ।

बैठकमा विद्यमान ढल्केबर (नेपाल)—मुजप्फपुर (भारत) ४०० केभी प्रसारण लाइनलाई २२० केभी र ४०० केभीमा सञ्चालन गर्ने, कटैया कुसाहा १३२ केभी प्रसारण लाइन र रक्सौल परवानीपुर १३२ केभी प्रसारणबारे छलफल गर्ने, न्यू बुटबल गोरखपुर (न्यू) ४०० केभी प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति गर्ने लगाएतका बारेमा छलफल भएको बताईएको छ ।
अघिल्लो महिना नयाँ दिल्लीमा भएको नेपाल भारत ऊर्जा आदान प्रदान समितिको १३ औं बैठकले दुई देशबीच इनर्जी बैकिङका लागि सहमति जनाएको थियो ।

सहमतिलाई पोखरा बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने अर्यालको भनाई छ । बैठकमा दुवै देशको उर्जा सचिव, सहसचिब, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगाएतको सहभागीता रहेको छ । बैठकमा भाग लिनका लागि भारतिय उर्जा सचिव अजय भल्लाको नेतृत्वमा टोली पोखरा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू