अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५
| Colorodo: 22:40
यसवर्षको सरद ऋतुमा छ सय २५ जना पर्यटकले नेपालका हिमाल चढेका छन् । ८२ जना महिला पाँच सय ४३ जना पुरुष गरी छ सय २५ जनाले हिमाल आरोहण गरेका पर्यटन विभागले जनाएको छ ।विभागका अनुसार अगष्ट १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म आरोहण अनुमति लिएका आठ सय ७० जना र उनीहरुका सहयोगीसमेत गरी दुई हजार दुई सय ४५ जना आरोहणमा गएका थिए ।
गएको वर्षको शरद ऋतुमा ८७ जना महिलासहित एक हजार एक सय ५८ जनाले नेपालमा हिमाल आरोहण गरेका थिए । यसवर्ष आरोहीबाट विभागले आठ करोड ५९ लाख ९७ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । गएको वर्षको शरद ऋतुमा सात करोड ८५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । यस वर्षको शरद ऋतुमा आठ जना पर्वतारोहीले ज्यान गुमाएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।