अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 22:19

वैदेशिक सहायता प्रतिबद्धता घट्यो, तीन महिनामा ३७ अर्ब १८ करोड प्राप्त

बिआरटीनेपाल २०८१ मंसिर ३० गते ४:२३ मा प्रकाशित

नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा नेपालले ३७ अर्ब १८ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार, गएको साउन, भदौ र असोजमा नेपालले उक्त सहायता प्रतिबद्धता पाएको हो । प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये अनुदानको अंश ६३.९ र ऋणको अंश ३६.१ प्रतिशत छ ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा नेपालले प्राप्त गरेको यस्तो प्रतिबद्धता ४० अर्ब ६८ करोड रुपैयाँ थियो । कुल सहायता प्रतिबद्धतामध्ये ३८.४ प्रतिशत वातावरण र जलवायु क्षेत्रमा प्राप्त भएको छ । यातायात क्षेत्रमा ३६.१, सामाजिकमा २०.५ र ४.९ प्रतिशत अरू क्षेत्रमा प्राप्त भएको छ ।

प्रतिक्रिया