अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 23:24

हिजाे दाेहाेराे अङ्कले घटेकाे शेयर बजार आज २ अङ्कले बढ्याे

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ६:०२ मा प्रकाशित

हिजो १५ अङ्कभन्दा धेरैले घटेकाे शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज हिमालयन लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (तराई) कम्पनीको शेयर भने छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सामान्य बजार बढेको दिन कारोबार रकम भने घटेको छ । आज तीन सय १४ वटा कम्पनीका ५० लाख ६४ हजार कित्ता शेयर दुई अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको आठ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू