अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 20:54

साढे ३१ अङ्कले बढेर शेयर बजारमा हरियाली, ११ वटा कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’

बिआरटीनेपाल २०८० पुष २९ गते ५:५२ मा प्रकाशित

हप्ताकाे पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ ।आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ‘सर्किट’ लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज मेगा म्युचल फन्ड–१ को शेयर साढे नौ प्रतिशतले घटेको छ । आज एक करोड ६६ लाख पाँच हजार कित्ता शेयर पाँच अर्ब ४५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीका १२ लाख ७४ हजार कित्ता प्रमोटर शेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू