नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरिमा परेको बताउनुभएको छ ।शनिबार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र सकरात्मक दिशामा अघि बढ्ने समयमा आन्तरिक तथा अन्तर्राष्ट्रियसँगै समस्याले अफ्ठ्यारो पार्ने गरेको बताउनुभयो ।
गभर्नर अधिकारीले पछिल्लो समय अन्तर्राष्ट्रिय तथा आन्तरिक रुपमा नेपालको अर्थतन्त्रमा अनिश्चिताको भुमरि देखिएको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रमा भूकम्प र कोभिड महामारीले ठूलो असरपछि अन्तर्राष्ट्रिय रुपमा भएका रुस र युक्रेनको युद्ध नरम हुन नपाउँदै अर्को इजरायल र हमासको युद्ध र शुक्रवारको भूकम्पले थप असर पार्ने बताउनुभयो ।
गर्भनर अधिकारीले वाह्य क्षेत्र सकरात्मक हुँदा त्यसको फाइदा लिन सक्नुपर्ने बताउनुभयो । उहाँले सप्लाई चेन र बजारमूल्य निर्धारणको कारण मूल्यवृद्धि हुने गरेको बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंग्याउँदा अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने बताउनुभयो ।
गभर्नर अधिकारीले १२.७ महिनाको आयात र १०.३ प्रतिशत आयात र सेवालाई धान्ने क्षमताको विदेशी मुद्रा सञ्चिति रहेको भन्दै अर्थतन्त्रका यस्ता सकारात्मक पक्षलाई इग्नोर गरेर जान नमिल्ने बताउनुभयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजन छिटो टुंग्याउनुपर्ने बताउनुभयो । गभर्नर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंगाउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।