अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३०
| Colorodo: 12:45
विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।विश्व बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने र सन् २०२५ सम्ममा ५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
नयाँ आयोजनाहरू सञ्चालन गरी जलविद्युत उत्पादनको निरन्तर विस्तारले औद्योगिक क्षेत्रमा बलियो वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ । कमजोर वित्तीय कार्यसम्पादनका कारण सर्वजनिक ऋण बढेर कुल ग्रार्हस्थ उत्पादनको ४१.३ प्रतिशत पुगेको विश्व बैंकले उल्लेख गरेको छ ।