अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२
| Colorodo: 15:37
१२ करोडको सीमा हटाउने चर्चासँगै शेयर बजारमा बिहीबार उछाल आएको छ । नेप्सेमा झण्डै आधा सतकको उछालसँगै धेरै समयपछि नेप्से २ हजार माथि पुग्यो । नेप्से ४४ अंकले बढेर २ हजार २९ पुगेको हो । सबै समुहमा हरियाली छाउँदा कारोबार समेत बढेर सवा ३ अर्ब नाघ्यो ।
जलविद्युत समूहमा उच्च आकर्षण रह्यो । जलविद्युत समूह ५ प्रतिशत बढीले उकालो लाग्यो । वित्त समूह पनि साढें ४ प्रतिशतले उकालो लाग्यो । बाँकी पनि अधिकांश समूहमा १ प्रतिशतमाथिको वृद्धि आयो ।
बिहीबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७८ कम्पनीको १ करोड १२ लाख कित्ता शेयर ३ अर्ब २९ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन झण्डै दर्जन बढी कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।