अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 11:56

नेपाल स्टक एक्सचेन्जमा ४ अर्बको साधारण शेयर सूचिकृत

बिआरटीनेपाल २०७९ मंसिर २७ गते ५:१२ मा प्रकाशित

नेपाल स्टक एक्सचेन्जमा झण्डै ४ अर्बका ४ करोड बराबर कित्ता शेयर थपिएका छन् । मंगलबार पीपुल्स हाइड्रोको ३ करोड २० लाख, इस्टर्न हाइड्रोको ६२ लाख र सृजनशील लघुवित्तको १० लाख ९३ हजार कित्ता गरी एक सय दरका ३ करोड ९२ लाख ९३ हजार कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको पनि नेप्सेले जनाएको छ ।

इस्टर्न हाइड्रोको पहिलो कारोबारको लागि ७१ रुपैयाँ ३३ पैसादेखि २ सय १६ रुपैयाँ ९९ पैसासम्मको सुरुवाती सीमा नेप्सले तोकेको छ । यसैगरी, पिपुल्स हाइड्रोको पहिलो कारोबारको लागि १ सयदेखि ३ सय रुपैयाँसम्मको सीमा तोकिएको छ ।

यस्तै, श्रीजनशील लघुवित्तको पहिलो कारोबारको सीमा ३ सय २ देखि ९ सय ६ रुपैयाँसम्म रहेको छ । नेप्सले तोकेका यी सीमा बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ । मंगलबार सूचीकरण सम्झौता भएका यी शेयर बुधबारदेखि कारोबार हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू