अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३
| Colorodo: 09:58
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताउनुभएको छ । विगतमा निगमको जहाजको ग्राउण्ड ह्याण्डलिङसमेत व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको भन्दै आफूले त्यसो नगर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल पर्यटन बोर्डले गरेको कार्यक्रममा उहाँले निगमको थन्किएर बसेका दुईवटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर पर्यटन भित्र्याउने कार्ययोजना पनि सार्वजनिक गर्नुभयो ।
पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको उहाँले बताउनुभयो । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको मन्त्री आलेले बताउनुभयो ।