अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 00:06

पोखरामा पेट्रोलियम डिपो निर्माण शुरु , काठमाडौंको ‘पेट्रोलियम पावर ब्याकअप’ बनाइने

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:४५ मा प्रकाशित

नेपाल आयल निगमले गण्डकी प्रदेशबाट क्षमता विस्तार अभियान सुरु गरेको छ । भारतले लगाएको नाकाबन्दीको ५ वर्षपछि तथा निगमको अघिल्लो पटकको क्षमता विस्तार भएको १९ वर्ष र ३ महिनाको भण्डारण क्षमता बढाउने सरकारको निर्णय भएको ५ वर्षपछि पेट्रोलियम पदार्थको भण्डारणस्थल निर्माण सुरु गर्न लागेको हो ।

नेपाल आयल निगमले क्षमता विस्तारको पहिलो चरणअन्तर्गत गण्डकी प्रादेशिक कार्यालयमा १ करोड लिटर क्षमतायुक्त डिपोको निर्माण सुरु हुन लागेको हो । सो आयोजनाको बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्नुभयो । आयोजना कार्यान्वयनको सबै पूर्वतयारी सकिएपछि बिहिबार सो आयोजनाको औपचारिक शिलान्यास गरिएको हो । मन्त्री भट्टले शिलान्यास गरेसँगै निर्माण कार्य तीव्रताका साथ अघि बढाउने तयारी गरिएको छ । शुक्रबारदेखि नै फिल्डमा डेढ सय जना कामदार ै खटिनेछन् ।

पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० मा पर्ने गोगनगौंडामा क्षेत्रको निगमको आफ्नै स्वामित्वमा रहेको जग्गामा उक्त डिपो बनाउन लागिएको हो । जर्मन प्रविधिमा आधारित भई निर्माण हुने यो डिपो पूर्ण अटोमेटेड हुनेछ । डिपोमा अत्याधुनिक सुरक्षा उपकरण तथा आगलागी नियन्त्रणका लागि विशेष यन्त्र जडान गरिनेछ ।

क्षमताको हिसाबले यो डिपो अमलेखगञ्जपछिकै ठूलो हुनेछ । निर्माणाधिन डिपोमा ५०÷५० लाख लिटर भण्डारण क्षमताका २ वटा ट्यांकी रहनेछन् । प्रादेशिक कार्यालय परिसरमै अहिले ३ लाख ५० हजार लिटर पेट्रोल र २२ लाख ८० हजार लिटर डिजेल भण्डारण गर्ने क्षमता छ । नयाँ डिपो बनेपछि कुल १ करोड २६ लाख ३० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता यस कार्यालयसँग हुनेछ । नयाँ बन्ने डिपोमा दैनिक ३२ देखि ४० ट्यांकरले डिजेल अनलोड गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय