अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 00:29

धादिङका बिरामीलाई नेपाल नेशनल अस्पतालमा १५ प्रतिशत छुट

बिआरटीनेपाल २०७६ फागुन ३० गते १०:११ मा प्रकाशित

काठमाडौँ, ३० फागुन । नेपाल नेशनल अस्पताल कलङ्कीले धादिङका बिरामीलाई उपचारमा १५ देखि २० प्रतिशत छुट दिने भएको छ ।

अस्पतालले बुधवार धादिङका सांसद खेमप्रसाद लोहनीको उपस्थितिमा ज्यामरुङ जनकल्याण समाज धादिङसँग सम्झौता गरेको हो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेल र समाजका अध्यक्ष कृष्णमान श्रेष्ठबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

हस्ताक्षरसँगै चैत १ देखि धादिङका बिरामीले उपचार सेवामा छुट पाउने भएका छन् । उपचार छुटका लागि बिरामीले धादिङ जिल्ला स्थायी ठेगाना भएको कुनै पनि परिचयपत्र देखाए पुग्ने भएको छ ।

छोटो समयमा नै नेपाल नेशनल अस्पताल कलङ्कीले आधुनिक प्रविधिको प्रयोग गर्दै दक्ष,अनुभवी चिकित्सक तथा नर्सहरुद्धारा न्यून शुल्कमा प्रभावकारी उपचार सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू