अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 04:45

झन्डै १७ लाख किशाेरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खोप लगाइँदै

बिआरटीनेपाल २०८१ कार्तिक १४ गते ४:४४ मा प्रकाशित

सरकारले आउँदो माघ महिनामा १० देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । १६ लाख ८८ हजार किशोरीले एचपीभी खोप लगाउने सरकारको अनुमान छ । माध्यमिक तहका विद्यालयलाई खोप केन्द्र बनाउने तयारी रहेको पनि उहाँले बताउनुभयो ।

यसअघि सरकारले सात प्रदेशका एक/एक वटा सङ्घीय अस्पतालमा नमूनाका रूपमा अभियना सञ्चालन गरी नौ हजार नौ सय ९९ किशोरीलाई ‘एचपीभी’ खोप लगाएको थियो । सरकारले निःशुल्क लगाउन लागेको यो खोपको बजार मूल्य ६ हजार रुपैयाँ रहेको छ । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय