अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 04:59

दैनिक एक गिलास दूध पिउँदा आन्द्राको क्यान्सरको ‘जोखिम कम हुन्छ’

बिआरटीनेपाल २०८१ माघ ११ गते १०:२३ मा प्रकाशित

यूकेमा गरिएको एउटा अध्ययनले आफ्नो खानामा धेरै क्याल्सिअम खाने मानिसहरूले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन सक्ने थप प्रमाणहरू पत्ता लगाएको छ। अध्ययनका अनुसार दैनिक एक गिलास दूध त्यसका लागि सहयोगी हुनसक्छ।

अनुसन्धाताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा धेरै महिलाको आहारको विश्लेषण गरेका थिए। त्यसक्रममा उनीहरूले गाढा-हरियो सागपात, पाउरोटी र गाईको दूध बाहेकका नरिवल वा बदाम लगायतबाट बनाइने दूधको सेवनबाट पनि आन्द्रामा क्यान्सरको जोखिम गर्न मद्दत पुग्ने निष्कर्ष निकालेका छन्।

उनीहरूले अत्यधिक मदिरा सेवन र प्रशोधित मासुको सेवनले भने आन्द्रामा क्यान्सर हुने जोखिम बढाउने बताएका छन्। क्यान्सरसम्बन्धी परोपकारी संस्थाहरूले स्वस्थ तथा सन्तुलित आहार, स्वस्थ तौल र धूमपान सेवन नगर्नु आन्द्राको क्यान्सरको जोखिम कम गर्ने सबैभन्दा उत्तम उपाय भएको बताउने गरेका छन्। बिबिसी नेपाली 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू