अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको मन्त्री आपूर्तिमन्त्री भट्टको दावी

बिआरटीनेपाल २०७६ फागुन २६ गते ९:०८ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको दावी गर्नुभएको छ । कोरोना भाइरस (कोभिड—१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला राजधानीमा आज आयोजित कार्यक्रममा मन्त्री भट्टले आयात बन्द नभएको स्पष्ट पार्नुभएको हो ।

केही दिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेको बताउदै उहाँले मान्छेबाट मात्रै नभएर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले नाकामा केही दिन सामान राख्नुपर्ने अवस्था रहेको बताउनुभयो । उपभोक्ता अधिकारकर्मीले स्वेतपत्र जारी गर्न आग्रह गरेलगत्तै मन्त्री भट्टले भने तत्काल स्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

संकटकाल नै घोषणा गर्नुपर्ने अवस्था भएपछि मात्रै स्वेतपत्र जारी हुने उहाँको भनाइ छ । कुनै ठाउँमा केही समस्या देखिएमा तत्काल जानकारी दिन भट्टले सबैलाई आग्रह गर्नुभयो । उहाँले उपभोग्य सामान माग बढ्दा केही मुल्य बढ्नु स्वभाविक भएपनि कालोबजारी हुन नदिने पुनः प्रतिवद्धता जनाउनुभयो । बजारमा माग अनुसार उत्पादन हुने सामान एक्कासी माग बढ्दा केही मुल्य बढ्नु स्वभाविक रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय