अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 21:38

कोरोना भाइरसको संक्रमण मध्यपूर्व र युरोपतर्फ फैलँदै, ८८ हजार प्रभावित

बिआरटीनेपाल २०७६ फागुन १५ गते ७:१९ मा प्रकाशित

चीनको हुबेइ प्रान्तबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको संक्रमण मध्यपूर्व, युरोपसहित विश्वका अन्य भागमा फैलिने क्रम जारी छ । ती देशहरुमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ भने चीनमा नयाँ बिरामीको संख्या कम हुँदै गएको समाचारमा जनाइएको छ ।

इटालीमा कोरोनाका काण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने चार सय भन्दा बढी प्रभावित भएको बताइएको छ । दक्षिण कोरियामा मात्र ११ जनाको मृत्यु भइसकेको छ भने विश्वव्यापी रुपमा ८८ हजार भन्दा बढी प्रभावित भएका छन् ।

संक्रमण बढ्न थालेपछि मध्यपूर्व लगायतका देशहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काउन थालेका छन् भने सीमा नाकामा चेकजाँचमा कडाइ गरेका छन् । ती देशहरुले शिक्षण संस्था र सिनेमा घरहरु बन्द गर्नुका साथै सार्वजनिक समारोह गर्न प्रतिवन्ध लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू