अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध

बिआरटीनेपाल २०८१ फागुन २७ गते १३:१६ मा प्रकाशित

नमस्कार,
यस सन्देशलाई यहाँको वेबसाइटमा गुगल फर्मको लिन्क सहित प्रकाशन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
मिति: ९ मार्च २०२५ विषय:

विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध

नमस्कार,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को विधान संशोधन समितिको तर्फबाट अनेसासको वर्तमान विधानलाई समयानुकूल सुधार गर्नको लागि यहाँको सुझाव सङ्कलन गर्नको लागि यो पत्र पठाएका छौँ । सुझाव सङ्कलन लागि विधानको हरेक धारामा सुझाव दिन सकिने गरेर एउटा गुगल फर्म तयार परेका छौँ । संशोधनका लागि सुझाव दिन अनेसासको आजीवन सदस्य हुन आवश्यक छैन । नेपाली भाषा-साहित्य तथा अनेसासलाई माया गर्ने जो कोहीले विधानलाई अझ प्रभावकारी, समावेशी, र समय सापेक्ष बनाउन आफ्ना सुझावहरू पठाउन सक्नुहुन्छ ।

कृपया, तलको लिङ्कमा क्लिक गरेर गुगल फर्ममा आफ्ना सुझावहरू राखेर पठाउनु सक्नुहुनेछ ।
https://bit.ly/4idwFOl
फर्मको अग्रभागमा हाल कार्यान्वयनमा रहेको विधानको लिङ्क समेत समावेश गरिएको छ, जसलाई अध्ययन गरी यहाँले आफ्ना सुझावहरू दिन सक्नु हुनेछ ।

कृपया, आफ्नो सुझावहरू मार्च २३ तारिखभित्र गुगल फर्ममार्फत पठाउनु हुन अनुरोध गर्दछौं । अनेसासको विधान संशोधनमा यहाँको सहभागिता अनेसासको सुदृढीकरण र संवृद्धिका लागि महत्त्वपूर्ण हुनेछ ।

सादर
विधान संशोधन समिति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू