अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

अनेसास कोलोराडो शाखा निर्वाचन समिति, २०२४ को निर्वाचन सम्बन्धी सूचना

बिआरटीनेपाल २०८१ कार्तिक ७ गते १२:५३ मा प्रकाशित

सन २०२४-२६ का लागि निर्वाचन कार्यक्रम घोषणा :
अनेसास कोलोराडो शाखा कार्य समितिको निर्वाचन मंगलबार, नोभेम्बर १५, २०२४ मा हुने छ । अनेसास कोलोराडो शाखा ले २०२४ – २०२६ सम्मका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष र सदस्य पदका लागि निर्वाचन गर्नेछ ।

अनेसास कोलोराडो शाखा को विधानको परिच्छेद २ को दफाहरू ६ र ७ मा उल्लेख गरिए बमोजिमको निर्वाचन कार्यविधि अनुरूप निर्वाचन प्रक्रिया हुने छ र यस सम्बन्धमा विस्तृत जानकारीका लागि कोलोराडो शाखाको विधान २०१२(पहिलो संशोधन २०२०) हेर्नु हुन अनुरोध छ ।
उम्मेदवारी दर्ता र निर्वाचनप्रक्रिया :

विधानमा उल्लेख भए बमोजिम निम्न बमोजिम योग्यता पुगेका इच्छुक आजीवन सदस्यहरूले तोकिएको ढाँचामा उम्मेदवारीको लागि आवेदन दर्ता गर्नु पर्नेछ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको कार्यकारिणी समितिको निर्वाचनमा मत खसाल्न योग्य हुन कम्तीमा ३ महिना अगाडि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको साधारण, आजीवन वा संस्थागत सदस्यता लिएको तथा कम्तीमा ३ महिनादेखि संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्दै आएको हुनु पर्नेछ । दफा ५(ख) (ई) बमोजिम स्थानान्तरण भई आएका आजीवन सदस्यहरूको हकमा बसाइँ सरेको ३ महिना पश्चात् शाखाको निर्वाचनमा मतदानको लागि योग्य हुनेछन् ।

अध्यक्ष पदको हकमा संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा कम्तीमा २ वर्षदेखि नियमित बसोबास गर्दै आएको तथा कम्तीमा २ वर्षअगाडि शाखाको साधारण वा आजीवन सदस्यता लिएको हुनु पर्नेछ । दुई पटक अध्यक्ष भइसकेको व्यक्तिले तेस्रो कार्यकालको लागि उम्मेदवारी दर्ता गर्न पाउने छैन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको कुनै पनि पदाधिकारीको उम्मेदवार हुन संयुक्त राज्य अमेरिकामा कनूनी रूपमा बसोबास गरेको हुनु पर्नेछ । साथै कुनै पनि प्रमाणित कानुनी सजाय पाएको हुनु हुँदैन ।

उम्मेदवारी दर्ता विद्युतीय माध्यमबाट निर्वाचन आयोगको इमेल ठेगाना inlscoelection2024@gmail.com मा २०२४ अक्टोबर २५ तारिखको राति ११:५९ बजेसम्ममा प्राप्त भएको हुनु पर्ने छ ।

निर्वाचन विद्युतीय माध्यमबाट गोप्य मतदानद्वारा हुनेछ । मतदाताहरूले आफ्नो छनौट इमेलबाट पठाउनु पर्नेछ । नोभेम्बर १५ तारिख, २०२४ को बिहान १२ बजे देखि नोभेम्बर १६ को ११:५९ बजेसम्म मतदान खुला रहनेछ । सो अवधिमा प्राप्त इमेल मतहरू मतगणनामा सामेल गरिनेछन् । कसैले पनि नक्कली मतदान वा अन्य कसैको नाममा मतदान गर्न पाइने छैन । उम्मेदवारी दर्ता भइसकेपछि सम्पूर्ण उम्मेदवारहरूको अन्तिम नामावली अद्यावधिक प्रक्रियाअनुरूप यथा समयमा सार्वजनिक गरिनेछ ।
उम्मेदवारी कसरी दर्ता गर्न सकिन्छ ?

उम्मेदवारी दर्ता फाराम
उम्मेदवारीका दर्ता गर्नका लागि स्पष्टसँग भरिएको फारमलाई (नमुना तल उल्लेख गरिएको छ), स्क्यान गरी अक्टोबर २५, २०२४ तारिखको राति ११:५९ बजेभित्र inlscoelection2024@gmail.com मा प्राप्त भइसक्नु पर्ने छ ।

उम्मेदवारको परिचय
उम्मेदवारी पत्रसँगै एक पेजमा नेपाली वा अङ्ग्रेजी भाषामा लेखिएको आफूलाई भोट हाल्नु पर्ने कारण सहितको विवरण उल्लेख भएको हुनु पर्ने छ ।

अनेसास कोलोराडो शाखा निर्वाचन २०२४ कार्य तालिका :
अक्टोबर २०, २०२४ – मतदाता नामावली प्रकाशन ।
अक्टोबर २५, २०२४ – उम्मेदवारी दर्ताको अन्तिम दिन ।
अक्टोबर २६, २०२४ – उम्मेदवारहरूको प्राथमिक सूची प्रकाशन ।
अक्टोबर २७, २०२४ – उम्मेदवारी दर्ताको प्रमाणीकरण एवं उम्मेदवारी फिर्ता लिने अन्तिम दिन ।
अक्टोबर २८, २०२४ – उम्मेदवारहरूको प्रमाणित सूची प्रकाशन ।
अक्टोबर ३०, २०२४ – दाबी विरोध (कुनै भए) गर्ने अवधि रातीको ११:५९ सम्म ।
अक्टोबर ३१, २०२४ – उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन ।
नोभेम्बर ११, २०२४ – विद्युतीय माध्यमबाट चुनाव प्रचारप्रसार बन्द ।
नोभेम्बर १५, २०२४ – मतदान विद्युतीय माध्यमबाट (इमेल) ।

(११/१५ को राती १२०० बजे देखि ११।१६को राती ११:५९ सम्म)
नोभेम्बर १७, २०२४ – निर्वाचन परिणाम घोषणा ।

निर्वाचन आचार संहिता :
निर्वाचनमा मनोनयन दिने उम्मेदवारहरूलाई लागु हुने आचार संहिता :
निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत कृयाकलाप गरेमा निर्वाचन समितिले निम्नबमोजिमको कारबाही गर्न सक्नेछ :
पहिलो पटक लिखित चेतावनी दिइनेछ र यो चेतावनीको तथ्य निर्वाचन समितिको दस्ताबेजमा सुरक्षित खरिनेछ ।
निश्चित समय भित्र पनि उस्तै कृयाकलाप रही सुध्रिएको नपाइएमा दोस्रो पटक लिखित चेतावनी दिइनेछ ।

दोस्रो पटक लिखित चेतावनी दिँदा पनि निश्चित समय सम्म पनि उस्तै कृयाकलाप गरी सुध्रिएको नपाइएमा उम्मेदवारी रद्द गरिनेछ ।
अनेसास कोलोराडो शाखा को विधान र निर्वाचन कार्यविधि अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले निर्वाचन सञ्चालन गर्न आवश्यक नियम तर्जुमा गर्न सक्ने छ र निर्वाचन सम्बन्धी अन्तिम निर्णय गर्ने अन्तिम अधिकार निर्वाचन समिति, २०२४ मा निहित रहेन छ ।
यस सम्बन्धमा कुनै प्रश्न भएमा inlscoelection2024@gmail.com मा इमेल पठाउनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

अनेसास कोलोराडो शाखा निर्वाचन, २०२४ निष्पक्ष र पारदर्शी पूर्वक सम्पन्न गर्न हामीलाई सहयोग गर्न अनुरोध गर्दछौँ ।

सधन्यबाद,

निर्वाचन समिति :
डा. भीम प्रकाश कट्टेल – प्रमुख निर्वाचन आयुक्त
डा. सङ्गीता श्रोत्रिय – निर्वाचन आयुक्त
श्री सुदेश शर्मा – निर्वाचन आयुक्त


Return to: inlscoelection2024@gmail.com

Deadline for Submission: 11:59 P.M. October 25th, 2024

Sample for Nomination letter:

INLS Colorado Chapter Election Committee 2024

Mr. Chairman,

I, Dr./Mr./Ms.……………………….., is a paid member of the INLS since mm/dd/yyyy and have served in the INLS executive board/ chapter Committee in mm/dd/yyyy till mm/dd/yyyy .
I am willing to nominate myself for the upcoming INLS Colorado Chapter Election 2024 for the position __ (name of the position e.g. President).

I am aware that in case of conflict, the decision of the Election Committee is the Final and that Election Committee has the right to dismiss the nominations if the requirements have not been met.

Thank you.

Your name

प्रतिक्रिया