अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने कार्यकारी आदेशलाई दोस्रो संघीय न्यायाधीशले रोकी दिएका छन्।
अमेरिकी संविधानको १४औं संशोधनको स्पष्ट भाषा र २५० वर्षदेखि चलि आएको जन्मसिद्ध नागरिकताको इतिहासको पालना गर्नु अत्यावश्यक भएको दाबी गरिएको छ।
म्यारिल्याण्डस्थित अमेरिकी जिल्ला न्यायाधीश डेबोरा बोर्डम्यान जो पूर्व राष्ट्रपति जो बाइडेनको नियुक्ति हुन् उनले राष्ट्रिय स्तरमा अस्थायी रोक लगाईदिएकी छिन्।
उनले अदालतमा उपस्थित पाँच गर्भवती महिलाहरू र दुई आप्रवासी अधिकार समूहको तर्फबाट दायर मुद्दालाई समर्थन गर्दै भनिन् आज अमेरिकाको माटोमा जन्मेका लगभग सबै बच्चाहरू जन्ममै अमेरिकी नागरिक हुन्छन् ।
न्यायाधीश बोर्डम्यानले ट्रम्पको आदेशलाई संविधानविरोधी ठहराउँदै यसले १४औं संशोधनको स्पष्ट शब्दसँग विरोधाभास गर्दछ ।
१२५ वर्ष पुरानो सर्वोच्च अदालतको निर्णयलाई अवहेलना गर्छ भन्ने बताएकी छन् । यस अघि एक अन्य संघीय न्यायाधीशले सियाटलमा ट्रम्पको आदेशलाई १४ दिनको लागि रोक लगाएको थियो ।
बोर्डम्यानको निर्णयले विरोधी पक्षलाई दीर्घकालीन राहत प्रदान गर्ने आशा गरिएको छ जसले भविष्यमा अदालतमा चल्ने कानुनी संघर्षको बेलामा निष्पक्ष नागरिकताको मूल्य कायम राख्ने सुनिश्चितता दिनेछ। यस निर्णयले ट्रम्पको आप्रवासी नीति विरुद्ध महत्वपूर्ण कानुनी झट्का पुर्याएको छ। भविष्यमा सर्वोच्च अदालतमा मुद्दा पुगेको अवस्थामा नागरिकताको अधिकारमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।