अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 03:24

तमु धी कोलोराडोको अध्यक्षमा श्री सन्तोष गुरुङ

बिआरटीनेपाल २०८१ फागुन १४ गते २०:०८ मा प्रकाशित

कोलोराडो । तमु धी कोलोराडोले गत शनिवार फरबरी २२ तारिख नव निर्वाचित अध्यक्ष सन्तोष गुरुङको पदभार तथा शुभकामना कार्यक्रम बोल्डर स्थित काठमान्डु रेष्टुरेन्टमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा तमु धी कोलोराडोका अभिभावक तथा संस्थापक सदस्य पूर्णबहादुर गुरुङ, संस्थापक अध्यक्ष अरुण गुरुङ, पूर्व अध्यक्ष द्वय चन्द्रमान गुरुङ, जीत बहादुर गुरुङ, कार्य समितिका सदस्यहरू लगायत सदस्यहरूको उपस्थिति रहेको थियो ।

सो कार्यक्रम जन सम्पर्क प्रतिनिधि प्रकाशजंग गुरुङको अध्यक्षतामा भएको थियो । कार्यकममा नव नियुक्त अध्यक्षलाई स्वागत गर्दै नव निर्वाचित आयोगको संयोजक पूर्णबहादुर गुरुङले निर्वाचनको प्रक्रिया र परिणाम बारे सभालाई जानकारी दिनु भएको थियो । त्यसै गरी संस्थापक अध्यक्ष अरुण गुरुङ, पूर्व अध्यक्ष चन्द्रमान गुरुङ, जीतबहादुर गुरुङ, सदस्य सरिता गुरुङ र धनराज गुरुङले शुभकामना मन्तव्य दिनु भएको थियो ।

निर्वाचित अध्यक्षले आफ्नो उद्घाटन भाषणमा बैठकलाई सम्बोधन गर्दै तमु धी परिवारलाई एकजुट भएर अगाडी बढ्न आह्वान गर्दै म होइन हामी भनेर तमुहरूको पहिचान, परम्परा, भाषा, भेसभुसा, संस्कृति र संस्कारलाई विदेशी भूमिमा जोगाउन सबैलाई आग्रह गर्नु भयो ।

यसअघि गत जनवरी १३ तारिख अध्यक्ष जीतबहादुर गुरुङले राजीनामा दिनु भए पछि रिक्त हुन आएको अध्यक्ष पदको लागि फरबरी १२ तारिख चुनाव गरिएको थियो । सन्तोष गुरुङको मात्र उम्मेदवारी परेको हुनाले अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

नव नियुक्त अध्यक्ष सन्तोष गुरुङ पुर्ख्यौली घर कास्की जिल्ला मादी गाविस ताँङतिङ गाउँ निवासी गोर्खा मेजर बालासिंह गुरुङको जेठो छोरा हुनुहुन्छ । हाल श्रीमती र छोराको साथमा वेस्टमिन्स्टर, कोलोराडोमा बसोबास गर्दै आउनु भएको छ ।

त्यसै गरी तमु धी कोलोराडोको वर्तमान कार्य समितिबाट उपाध्यक्ष पुष्पा गुरुङ, सचिव दिपा गुरुङ र कोषाध्यक्ष कमला गुरुङले पनि राजीनामा दिई सकेको हुनाले रिक्त हुन आएको बाँकी पदहरूमा फेरबदल गरी विशेष कार्य समितिको निर्णय अनुसार उपाध्यक्षमा लिलाजंग गुरुङ, सचिवमा प्रकाशजंग गुरुङ, कोषाध्यक्षमा रोशनी गुरुङ र जन सम्पर्क प्रतिनिधि सरिता गुरुङलाई सोही दिन पदस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू