अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 10:47

ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट हुने आयातमा लगाउने नयाँ भन्सार दर

बीबीसी न्यूज नेपाली २०८१ माघ १९ गते ८:०६ मा प्रकाशित

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा हुने आयातमा शनिवाबाट नयाँ आयात शुल्क घोषणा गर्ने तयारी गरेका छन्।

यस्तो शुल्क मेक्सिको र क्यानडाका लागि २५-२५ प्रतिशत र चीनका लागि १० प्रतिशत पुर्‍याउन लागिएको ह्वाइटहाउसले जनाएको छ । तर ट्रम्पले शुक्रवार बताए अनुसार क्यानडामा उत्पादन हुने तेलले कम आयात शुल्क बेहोर्ने र त्यो केही पछि अर्थात् १८ फेब्रुअरीबाट कार्यान्वयनमा आउने बताएका छन्। ट्रम्पले भविष्यमा युरोपेली सङ्घ ईयूका लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताएका छन्।

उनले युरोपेली देशहरूको समूहले अमेरिकाप्रति राम्रो व्यवहार नगरेको बताएका छन्। ह्वाइटहाउसकी प्रेस सेक्रेटरी करोलाइन लेभिटले क्यानडा र मेक्सिकोले तिर्नुपर्ने त्यस्तो भन्सार शुल्क “उनीहरूकहाँबाट आएर अमेरिकामा वितरण गर्न दिइएको दशौँ लाख अमेरिकीहरूको ज्यान लिने गैरकानुनी फेन्टनिल [नामक औषधि]” को जबाफ भएको बताएकी छन्।

ट्रम्पले यो कदम अमेरिकी सीमासम्म आइपुग्ने ठूलो सङ्ख्यामा रहेका कागजातविहीन आप्रवासीलाई सम्बोधन गर्न र छिमेकीसँगको व्यापार घाटा कम गर्न चालिएको बताएका छन्। लेभिटले शुक्रवार ह्वाइटहाउसमा आयोजित ब्रीफिङमा भनिन्: “यी राष्ट्रपतिले गरेका बाचा र तिनका कार्यान्वयन हुन्।” बीबीसी संवाददाता पिटर होस्किन्सले बिबिसीमा लेखेका छन ।

सम्बन्धित सामग्रीहरू