अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 16:36

थाई-म्यान्मार सीमामा केही नेपाली ‘अलपत्र’,

बीबीसी न्यूज नेपाली २०८१ पुष ९ गते १३:१० मा प्रकाशित

चार देशमा रोजगारीका लागि जाँदा सावधान रहन सुझाव
नेपाल सरकारले दक्षिणपूर्वी एशियाका चार देशमा यात्रा गर्न चाहने नेपालीहरूलाई सावधानी अपनाउन अपील गरेको भोलिपल्ट म्यान्मारस्थित नेपाली राजदूतले त्यहाँको सरकारको पहुँच नभएको क्षेत्रमा १३ नेपाली नागरिक उद्धारको पर्खाइमा रहेको बीबीसीलाई बताएका छन्।

अधिकारीहरूका अनुसार सूचना प्रविधिको क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनमा पारी ती व्यक्तिलाई म्यान्मारको कायिन प्रान्तको म्यावडी क्षेत्रमा पुर्‍याइएको थियो।

तर चरम श्रमशोषण गरिने, यातना दिइने र कडा सुरक्षा घेराबीच बाहिर समेत निस्कन नदिई राखिने भन्दै ९० जनाभन्दा बढीले उद्धारको अनुरोध गरेकोमा अधिकांश स्वदेश फर्किसकेको म्यान्मारस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले बीबीसीलाई बताए।

तर अहिले सङ्गठित गिरोहहरूले भारत र यूएईबाट सोझै म्यान्मार, क्याम्बोडिया र लाओसमा नक्कली जागिरको प्रलोभन देखाएर लैजाने प्रवृत्ति रहेको अधिकारीहरूले बताएका छन् ।

साभार: बिबिसी नेपाली

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू