अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

एकैदिन तोलामा २३ सयले घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०८१ साउन २२ गते ७:०६ मा प्रकाशित

नेपाल बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन छापावाल सुन (२४ क्यारेट) प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार (हिजो) छापावाल सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू