अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

भ्रष्टाचारका फाइल खाेलेपछि एकरात पनि टिक्न सकेनन् : गृहमन्त्री लामिछाने

बिआरटीनेपाल २०८१ असार १९ गते ७:२२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको दाबी गर्नुभएकाे छ । आज पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग बाेल्दै गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताउनुभयो । उहाँले भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । तपाईँहरू नै भन्नुहुन्थ्यो फाइल खोलनुपर्‍याे, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सकिँदैन त ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू