अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 05:18

गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

बिआरटीनेपाल २०८१ साउन १८ गते ६:३४ मा प्रकाशित

ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा रहेको गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपाली नागरिकले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत सहज रूपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।

यसरी ग्लोबल रेमि मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सबै शाखा कार्यालय तथा नेपाल भरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजार रुपैयाँभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ । साथै सम्झौता अनुसार कतारमा रहेका नेपालीले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा रेमिटेन्स पठाउन सक्नेछन् ।

प्रतिक्रिया