अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 11:13

मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ : अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०८१ साउन १८ गते ६:२० मा प्रकाशित

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको छ ।शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले आम मान्छेहरुमा मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको हो ।अर्थमन्त्री पौडेलले मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेगरी लचिलो रुपमा आएको बताउनुभयो । उहाँले अर्थतन्त्र चलायमान र गतिशील हुने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिको सन्तुलनमा मुलुकको अर्थतन्त्रलाई चलाउनुपर्छ भन्नेमा सरकारको सचेत प्रयास रहेको बताउनुभयो ।अर्थमन्त्री पौडेलले शेयर बजारमा अपारदर्शी क्रियाकलाप र अनुचित ढंगले प्रभावित गर्ने प्रयास नहोस् भनेर आफूले स्पष्ट रुपमा निर्देशन दिएको बताउनुभयो । उहाँले कुनैपनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडी बढाउन नियामक निकायलाई निर्देशन दिएको पनि बताउनुभयो ।

अर्थमन्त्री पौडेलले उहाँले नियामक निकायलाई शेयर बजारमा अनुचित क्रियाकलाप हुन नदिन आवश्यक शतर्कता र सावधानि अपनाउन निर्देश गरेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले सहकारी क्षेत्रमा नियामक निकायको आवश्यकता अनुभुत भएको भन्दै कानूनसम्मत प्रवन्ध गरेर यस क्षेत्रको समस्यालाई समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू