अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

मनाङबाट ३२ किलोभन्दा धेरै यार्सागुम्बा निकासी

बिआरटीनेपाल २०८१ साउन १२ गते ४:५४ मा प्रकाशित

मनाङको तल्लो क्षेत्रबाट ३२ किलो भन्दा धेरै यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार गएको असार मसान्तसम्म ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा सङ्कलन तथा निकासी भएको हो । यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर ५१ हजारमध्येबाट १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार पालिकालाई उपलब्ध गराउने गरिन्छ । मनाङमा नाम्के खर्क यार्सागुम्बा सङ्कलन गर्ने पहिलो गन्तव्य हो ।

गएको वैशाख १० गतेदेखि नाम्के खर्कबाट झन्डै दुई सय जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएका थिए । अनुमतिबिना यार्सागुम्बा सङ्कलन गर्न पाइँदैन । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीयबासिन्दा यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू