अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

शेयर बजार ३२ अङ्कले बढ्याे, १४ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

बिआरटीनेपाल २०८१ साउन १० गते ६:०५ मा प्रकाशित

हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव ११ विन्दुमा पुगेको छ । आज विकास बैंक, जलविद्युत्, लगानी र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज उपकार लघुवित्त, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मितेरी विकास बैंकको शेयर भने साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज तीन सय २० वटा कम्पनीका तीन करोड ५५ लाख कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीकाे ३४ कराेड १७ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू