अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 18:13

साउन लागेपछि शेयर बजार पहिलो पटक घट्यो, कारोबार रकम भने तीन वर्षयताकै उच्च

बिआरटीनेपाल २०८१ साउन ९ गते ५:१२ मा प्रकाशित

साउन लागेपछि लगातार बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ विन्दुमा झरेको छ । आज फाइनान्स र होटल बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, उत्पादन, माइक्रोफाइनान्स, जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज चिर्ख्वा हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (तराई) र एशियन हाइड्रोपावर कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै तीन वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज शेयर बजार घटे पनि कारोबार रकम भने तीन वर्षयताकै उच्च भएको छ । आज तीन सय ११ वटा कम्पनीका चार करोड सात लाख कित्ता शेयर १६ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि २०७८ साल भदौ ३ गते २० अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू