अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 09:14

मौद्रिक नीति पास गर्न शुक्रबार बिहान राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

बिआरटीनेपाल २०८१ साउन ३ गते ९:०४ मा प्रकाशित

आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक शुक्रबार ९भोलि० बिहान बस्ने भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । तर, बोर्ड सदस्यहरूको राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति अर्को हप्तासम्म सर्न सक्ने स्रोतको भनाइ छ ।

“राष्ट्र बैंकले त भोलि नै मौद्रिक नीति सार्वजनिक गर्ने गरी काम गरिरहेको छ,” स्रोतले भनेको छ, “तर, कुनै सदस्यले केही राय राख्न चाहनुभयो भने अर्को हप्ताका लागि समय तोकिने छ ।” नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू