अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 09:21

अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ, निजी क्षेत्र आशावादी भइदिनुस् : अर्थमन्त्री पाैडैल

बिआरटीनेपाल २०८१ साउन ३ गते ८:२५ मा प्रकाशित

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले देशमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले आशावादी भइदिन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको आजकाे छलफलमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुने बताउनुभयो । उहाँले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भई सरकारले काम गर्ने उल्लेख गर्नुभयाे ।

अर्थमन्त्री पौडेलले समस्या मात्र नभई समाधानका लागि निजी क्षेत्रसँग सँगै बसेर छलफललाई केन्द्रित गर्नेसमेत बताउनुभयो । छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । उद्योगहरू ३०/४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा कमी आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको उहाँले बताउनुभयो ।

परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पूँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू