अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

सुनको भाउ अहिलेसम्मकै उच्च

बिआरटीनेपाल २०८१ असार ३२ गते ६:०७ मा प्रकाशित

सुनको भाउले अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवार पनि तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड राखेको सुनको भाउ हिजो यथावत रहेर आज फेरी बढेको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू