अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

शेयर बजार आज पनि घट्याे

बिआरटीनेपाल २०८१ असार १४ गते ६:०३ मा प्रकाशित

शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २४ अङ्कले घटेर २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ ।आज बैंकिङ, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, फाइनान्स, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन त्रिशूली जलविद्युत् कम्पनीको शेयर भने ७ प्रतिशतले बढेको छ । आज ३ सय ३३ वटा कम्पनीका ८९ लाख कित्ता शेयर ३ अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया