अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

२ दिन सामान्य बढेकाे शेयर बजार आज दाेहाेराे अङ्कले घट्याे

बिआरटीनेपाल २०८१ असार १३ गते ६:५८ मा प्रकाशित

लगातार दुई दिन सामान्य बढेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६० अङ्कले घटेर २ हजार ६० दशमलव १६ विन्दुमा झरेको छ ।आज फाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज साधना लघुवित्त कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । आज ३ सय ५ वटा कम्पनीका ८७ लाख २७ हजार कित्ता शेयर ४ अर्ब ५ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको १६ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया