अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 12:07

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौं : अर्थमन्त्री पुन

बिआरटीनेपाल २०८१ असार ९ गते ७:४१ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुल नाराका आधारमा बजेट प्रस्तुत भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम-काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पुनले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताउनुभयो । उहाँले सात प्रदेशका सात वटा विशेषता छुट्याएको बताउनुभयो । उहाँले सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताउनुभयो ।

अर्थमन्त्री पुनले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको बताउनुभयो । उहाँले मानिस धनी हुने मात्रै नभइ समानतातिर लैजाने किसिमले उत्पादनकेन्द्रित बजेट ल्याएको बताउनुभयो । अर्थमन्त्री पुनले समाजको नैतिक धरातललाई नबिर्सिकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू