अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 21:53

आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथा चुचुरोमा कामीरिता

बिआरटीनेपाल २०८१ वैशाख ३० गते ७:४६ मा प्रकाशित

सगरमाथा हिमालको कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ बजेर २५ मिनेटको समयमा सगरमाथाको २९ औँ पटक सफल आरोहण गरेका हुन् । सोलुखुम्बुको थामे निवासी कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् ।

कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालु लगायतका हिमाल आरोहण गरिसकेका छन् । यसअघि उन्ले सन् २०२३ मा २८ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू