अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३
| Colorodo: 10:38
लगातार साताको चौथो दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ ।बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा अडिएको हो । यसदिन बजारमा १ करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन मात्रै ०.४० अंकले घटेको बजारमा ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो । शेयर बजारमा भएको गिरावटसंगै कारोबार रकम पनि खुम्चिएको छ । यस साताको सुरुवात नै दोहोरो अंकको गिरावटसंगै भएको थियो ।