अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२९ | Colorodo: 10:44

शेयर बजार आज पनि घट्याे, ८ अर्बकाे काराेबार हुँदा हिमालयन रिइन्सुरेन्सकाे ३० लाख कित्ता किनबेच

बिआरटीनेपाल २०८० माघ ४ गते ६:४९ मा प्रकाशित

शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २४ अङ्कले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेको छ ।आज फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज तेह्रथुम पावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ३० लाख कित्ता शेयर १ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू